Friday, 21st August, 2026
वि.स.

जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का–मोक्तान

kulekhani-1511265771.jpg

प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश (क) का उमेद्वार कुमारी मोक्तानले जनताको चाहना अनुसार नेपालका बामपार्टिहरु एकढिक्का हुँदै स्थायी सरकार निर्माणको अभियानमा लागेको बताएकी छिन् । ५ मंसिरमा इन्द्रसरोबर गाउँपालिका  वडानम्बर २ मा भएको चुनाबी सभामा बोल्दै मोक्तानले जनताले अव स्थायीत्व र विकासका लागि बामपार्टिका उमेदवारहरुलाई मतदान गर्न आवश्यक रहेको बताइन् । स्थानिय बिकासका लागि इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरीन् ।

कार्यक्रममा वामगठबन्धनका निर्बाचन परीचालन कमिटि मकवानपुरका संयोजक एबम् एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, पुर्ब साँसदद्वय सुबासचन्द्र ठकुरी र रामनारायण बिडारी, २ नम्बर वडाध्यक्ष राजुमान महर्जनलगायतकाले बोलेका थिए । २ नम्बर वडाका निर्बाचन परीचालन कमिटिका संयोजक कृष्णबहादुर ब्लोनको सभाध्यक्षतामा भएको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जिबन लामा, नेकपा माओबादि केन्द्र सचिवालय सदस्य प्रकाश पाण्डे, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य पविना लामा, एमाले गाउँपालिका सदस्य बुद्ध लामा, निर्बाचन परीचालन कमिटि सदस्य ऋषीराज पुडासैनी, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानिमैयाँ बिष्ट  लगायतको आतिथ्यता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif