Thursday, 20th August, 2026
वि.स.

जनकल्याणमा देउसीभैलो प्रतियोगिता

deepawali-1508323707.jpg

जनकल्याण माविमा विद्यार्थीहरुबीच देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ । शुभ दिपावली २०७४ को अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो । 
विद्यालयको प्रधानाध्यापक सानोभाइ कार्कीको अध्यक्षतामा भएको प्रतियोगितामा कक्षा ९ ‘ए’ प्रथम, १० ‘बि’ द्वितीय र १० ‘एजी’ तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद एक हजार, द्वितीय हुनेलाई आठ सय र तृतीय हुनेलाई ६ सय रुपैया पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सहभागीहरुलाई पाँच सयका दरले प्रदान गरिएको थियो । 
शिक्षकहरुबाट रकम संकलन गरी प्रतियोगिताको लागि नगद पुरस्कार जुटाइएको शिक्षक प्रदिप केसीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif