nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनकल्याणका विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण

IMG_20230927_184240-1695819576.jpg

लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजनामा थाहा नगरपालिका-३ स्थित जनकल्याण माविका विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ ।

ईलाका प्रहरी कार्यलय पालुङसँगको सहकार्यमा १० असाेजमा कार्यक्रम भएकाे हाे ।

जनकल्याण माबिका कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणका उपायहरुको बारे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले प्रशिक्षण दिएका थिए ।

लियो क्लव अफ पिस थाहानगर बर्ष २०२३/२४ का अध्यक्ष रोशनी गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्ष जयराम खत्री, बर्ष २०२३/२४का कोषाध्यक्ष दिपेन्द्रकुमार थिङ, सचिव निरज रायमाझीको आतिथ्यता रहेको थियो ।

लियो क्लव अफ पिस थाहा नगरका निवर्तमान अध्यक्ष निशा बिष्टले सञ्चालन गरेको कार्यक्रममा लियो क्लवका पूर्व अध्यक्ष अनन्त ढकाल, सचिव प्रेरणा खत्री, कोषाध्यक्ष स्मिता बिष्ट लगायताको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)