Wednesday, 26th August, 2026
वि.स.

डोटेरा र च्वाइस नेपालबाट थाहानगरलाई स्वास्थ्य सामाग्री सहयोग

Ch-1597676295.jpg

मकवानपुर थाहा नगरपालिकाले थालेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि थालिएको अभियानमा विकास साँझेदार संस्थाको सहयोग भएको छ । १ भाद्रमा डोटेराको सहयोगमा च्वाइस नेपालले विभिन्न स्वास्थ्य सामाग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको छ । 

थाहानगरको हरेक विकास कार्यमा साँझेदारको रुपमा रहँदे आएको डोटेरा/च्वाइस नेपालले १ भाद्रमा विभिन्न सामाग्रीहरु पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुबोध चापागाईलाई हस्तान्तरण गरे । काठमाण्डौंमा भएको हस्तान्तरण कार्यक्रममा डोटेराको नेपाल प्रतिनीधी राजेश अधिकारी र च्वाइस नेपालका कार्यकारी  निर्देशक प्रतीक शर्माले भिटिएम १ हजार थान, सर्जिकल मास्क ५ हजार थान, एन९५ मास्क ३ सय थान, पिपिइ सेट ५० थानलगायतका थु्प्रै सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि डोटेराको सहयोगमा च्वाइस नेपालले गरेको सहयोग प्रति नगर प्रमुख लवशेर विष्टले आभार व्यक्त गरे । उनले नगरकै विकास साँझेदारको रुपमा सहकार्य गर्दै आएकोमा यसको निरन्तरताको कामना गरे । विपदको बेलामा च्वाइस नेपालले गरेको कार्य प्रशंसनीय भएको प्रतिक्रिया दिए । 

च्वाईस नेपालले यसअघि नगरका स्वास्थ्य, खानेपानी, शिक्षा तथा आयआर्जनका थुप्रै विकास कार्यमा सहयोग गर्दै आएको छ ।   


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif