Thursday, 20th August, 2026
वि.स.

चेपाङ बालबालिकालाई खाद्यान्न सामाग्री वितरण

मकवानपुरको चार विद्यालयका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । हिमालयन मानवअधिकारकर्मी समुह(हिमराइट्स) मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत खाद्यान्न वितरण गरिएको हो ।

सिमान्तकृत बालबालिकाहरुका लागि मासिक रुपले प्रदान गरिने खाजा वापतको रकमबाट खाद्यान्न सामाग्री खरिद गरी वितरण गरिएको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले बताईन् । 

कार्यक्रमबाट राक्सीराङ्ग गाउँपालिकाको सुर्योदय माध्यमिक विद्यालय र प्रजा जागृती बिद्यालय तथा मनहरी गाउँपालिकाको सगरमाथा आधारभुत विद्यालय र प्रजा आधारभुत विद्यालयका सिमान्तकृत समुदायका विद्यार्थी लाभान्वित भएका छन् । चार विद्यालयका गरी ८० जना चेपाङ्ग बालबालिकालाई खाद्यान्न सामाग्रीहरु दाल, चामल, दाल, तेल र नुनलगायत सामाग्री वितरण गरिएको हिमराइट्सले जनाएको छ ।

सुर्योदय माध्यमिक विद्यालयमा प्रधानध्यापक काजीराम मुक्तानको अध्यक्षता तथा राक्सीराङ्ग वडा नम्बर ३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानको प्रमुख आतिथ्यमा शुक्रबार कार्यक्रम भएको थियो । सगरमाथा आधारभुत विद्यालयमा प्रधानध्यापक खड्गबहादुर मुक्तानको अध्यक्षता तथा मनहरी वडा नम्बर ६ की महिला सदस्य राममायाँ प्रजाको प्रमुख आतिथ्यतामा शनिबार कार्यक्रम भएको थियो । त्यस्तै, मनहरी गाउँपालिका हाँडिखोलाको प्रजा आधारभुत विद्यालय र प्रजा जागृती बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आईतबार खाद्यान्न सामाग्री प्रदान गरिएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif