Tuesday, 18th August, 2026
वि.स.

चुनावी प्रचारमा महेन्द्र राउत थाहानगरमा

मकवानपुर उद्योग बाणिज्य संघले आज उत्तरी मकवानपुरको थाहा नगर उद्योग बाणिज्य संघमा भेतघात छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

थाहानगर उद्योग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव तथा अध्यक्ष पदका उम्मेद्धार महेन्द्र राउत, उपाध्यक्ष पदका उम्मेद्धार राजकुमार न्यौपाने थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली लगायतको आतिथ्यता रहेको थियो । 

थाहानगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानले सञ्चलन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेद्धार राउतले भने‘ थाहा नगरमा स्थापना भएको उद्योग बाणिज्य संघलाइ र ब्यवासयिहरुलाइ जुनसुकै सहयोग र साथ चाहिएमा पनि आफ्नो सकारात्मक सहयोग गर्न तयार छु । ’ उनले ब्यवासायीहरुको समस्यालार्इ समाधान गर्न बिषेश किसिमको कार्यक्रम संचालन गर्ने बताए । अबको दिनमा बिभिन्न संघ सस्थाले दिने तालिमहरु उद्योग बाणिज्य संघकै समन्वयमा संघले नै गर्नु पर्ने र युवा स्वरोजगारलार्इ बढाउनु पर्ने उनले बताए ।  

मकवानपुर उद्योग वाणिज्य संघका निर्वाचनको पुर्व सन्ध्यमा भएको कार्यक्रममा थाहानगरका उद्योगी, ब्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

-मञ्जरी बलामी/थाहानगर



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif