Friday, 21st August, 2026
वि.स.

चुनावमा सामान बाँड्न आउनेलाई लखेट्नूः खतिवडा 

नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडाले निर्बाचन आचारसंहिता उल्लंघन गर्दै मत प्रभावित पार्नका लागि जिन्सी सामान बाँड्न आउने उम्मेदवारलाई लखेट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

प्रतिनिधि सभा २ ख अन्तर्गत बस्तीपुरमा आयोजित संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले अरु सबै एजेण्डा सकिएपछि काँग्रेसले त्रिपाल र झुल बोकेर मतदातालाई फकाउन खोजेको पाइएको भन्दै त्यसको शसक्त प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘युवा संघ र वाइसीएल मिलेर त्यस्ता सामग्री जफत गरे हुन्छ, परेको बिरोध खतिवडाले ब्यहोर्छ ।’ उनले निर्देशन दिएका छन् । उनले चुनाव नजिकिँदै गर्दै जेसीबी र डोजर गाउँमा पु¥याएर जनतालाई भ्रममा पार्न खोज्नेहरु पनि रहेको भन्दै त्यस्ताहरुलाई चुनावपछि डोजर लिएर गाउँमा आउने गरी फिर्ता गर्न कार्यकर्तालाई भनेका छन् । 

प्रतिनिधिसभा २ का उम्मेदवार समेत रहेका खतिवडाले अबको ५ बर्षमा मुलुकले आर्थिक सम्बृद्धि पाउने भन्दै सानातिना योजनाहरु सञ्चालनका लागि कसैको मुख ताकेर बस्न नपर्ने बताए । ‘चाह्यो भने यस्तो पनि गर्न सकिँदो रहेछ’ भन्ने गरी विकासको मूल अब कम्युनिष्ट नेतृत्वले फुटाउने उनले बताए । यसअघि कम्युनिष्टहरुलाई सरकार सञ्चालन गर्न नदिएर काँग्रेसले बदमासी गरेकाले बाम एकतापछि स्थिर सरकार आउने र विकासले गति लिने उनले बताए । 
कार्यक्रममा प्रदेशतर्फका उम्मेदवार राजाराम स्याङ्तानले आफ्नो क्षेत्रका गरिव, चेपाङ, तामाङहरुलाई किन्ने भनेर काँग्रेसका उम्मेदवारले खुलमखुल्ला बोल्ने गरेको भन्दै आफ्ना जनताको अपमान नगर्न चेतावनी दिए । ‘के मेरो क्षेत्रका जनता पसलका तरकारी र चाउचाउ हुन्, सजिलै किन्न सकिने सोचेको हो ?’, उनले प्रश्न गरे । उनले आफ्नो क्षेत्रका जनताले लोकतन्त्र प्राप्ति र जनयुद्धमा बन्दुक समेत बोकेको चेतना रहेको भन्दै कसैले किन्न खोजे प्रतिकार गर्ने तयारी भइरहेको समेत सुनाए । 

कार्यक्रममा माओवादी केन्द्र तथा नेकपा एमालेका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif