Sunday, 23rd August, 2026
वि.स.

चित्लाङ–चन्द्रागिरी सडकमा एम्बुलेन्स र तरकारी गाडी लुटपाट

काठमाण्डौं बिरामी पु¥याएर मकवानपुरको थाहानगर फर्कदै गरेको एम्बुलेन्स र तरकारी बोक्ने गाडी चन्द्रागिरीमा लुटपाट भएको छ । मकवानपुरको थाहा नगरपलिका ६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाद्वारा संचालित एम्बुलेन्स र तरकारी गाडी लुटपाटमा परेको सहकारीका कोषाध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए ।  

३१ वैशाख मध्यरात साँढे १२ बजे सहकारीको प्रदेश–३–०१–०२३ च ११०९ नम्बरको एम्बुलेन्सबाट २ वटा मोबाइल सेट र १६ हजार रुपियाँ लुटिएको गोपालीले जानकारी दिए । सोही समयमा काठमाण्डौबाट तरकारी बेचेर थाहानगर फर्कदै गरेको बा ४ ख ९९० नम्बरको आइचर पनि लुटपाटमा परेको छ । आइचरमा रहेका राजन श्रेष्ठबाट ५ लाख ३० हजार लुटिएको बताइएको छ । 

८/१० जनाको समूहमा रहेका नचिनेका मानिसहरुले चन्द्रागिरीको सेतोपहरा भन्ने ठाउँमा लुटपाट भएको सहकारीका एम्बुलेन्स चालक इश्वर महर्जनले जानकारी दिए । एम्बुलेन्सले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँबाट डिस्चार्ज भएका बिरामी बोकेर गएको थियो भने आइचर तरकारी बेचेर काठमाण्डौंबाट फर्केको थियो । लुटपाट गर्ने समूहले आफूहरूलाई हतियारको त्रास देखाएको चालक महर्जनले बताए ।

लुटपाटमा संलग्नहरू मध्ये केहीलाई इलाका प्रहरी कार्यालय चित्लाङले पक्राउ गरेको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत थानकोटमा रखिएको छ । 

काठमाडौँ र मकवानपुर आवतजावत गर्ने चित्लाङ चन्द्रागिरी सडक सबैभन्दा पुरानो र छोटो मार्ग हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०