Tuesday, 18th August, 2026
वि.स.

चित्लाङमा विद्यार्थीलाई स्वागत

Chitlang-1514261895.jpg

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटिबाट सम्बन्धन प्राप्त उत्तरी मकवानपुरकै पहिलो श्री स्वच्छन्द भैरब माध्यामिक विद्यालयमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

विद्यालयका डिप्लोमा ईन फरेष्टि साईन्स दोस्रो वर्षमा अध्ययरत विद्यार्थीले सोमबार पहिलो वर्षका विद्यार्थीलाइ स्वागत गरेको थाहानगरबाट संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा विद्यालयका विद्यार्थी सुरज कुमार बोहराको अध्यक्षतामा कार्यक्रम भएको हो ।

थाहानगरपालिकाको वडा नं ९ चित्लाङमा रहेको सो विद्यालयमा पहिलो वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत स्वरुप सञ्चालन भएकोे कार्यक्रम भेषराज जैसीले सञ्चालन गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif