Wednesday, 26th August, 2026
वि.स.

चाडपर्वमा भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन

jill-prasasan-1597913145.jpg

 जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढीरहेको अवस्थामा आम मकवानपुरबासीहरुलाईे चाडपर्व आफ्नै घरभित्र बसेर मनाउन निर्देशन दिएको छ ।कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै आम मकवानपुरबासीहरुलाई जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर र आफ्ना परीवारका सदस्यहरुमात्रै संलग्न हुनेगरी चाडपर्व मनाउन निर्देशन दिएको हो ।

सूचनामा चाडपर्वको नाममा अनावश्यक रुपमा घर बाहिर ननिस्कन र ठूलो संख्यामा भेला नहुन सबैलाई अनुरोध गरिएको छ ।यदि प्रशासनको निर्देशन विपरितको कार्य भएको फेला परेमा कानून बमोजिम कारबाही गरिने कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif