Sunday, 23rd August, 2026
वि.स.

चन्द्रागिरका संक्रमित बालक पालुङबाट गएको खबर आयो

काठमाडौंको सतुंगलमा फेला परेका सात बर्षीय कोरोना संक्रमित बालक मकवानपुरको पालुङबाट काठमाडौं पुगेको खबर बाहिरएिको छ । सनराइज अनलाईमा यो खबर अस्मिता क्षेत्रीले लेखेकी छिन् ।

चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा वडा कार्यालय नकिजै बस्ने उनलाई शुक्रवार साँझ कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको खबरमा उल्लेख छ ।  चन्द्रागिरि–१० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जनका अनुसार संक्रमित बालक पैदल हिँडेर २९ वैशाखमा काठमाडौं आइपुगेका हुन् । उनीसँगै पालुङबाट पैदल आउँने यात्रु एक दर्जन थिए । 

स्थायी घर पालुङ भएका संक्रमित बालक बुबा, आमासँग सतुंगलमा भाडाको घरमा बस्ने गरेको खबरमा लेखिएको छ । संक्रमित बालकलाई हाल बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा राखिएको छ । 

यस विषयमा थाहा टाइम्सले आफ्ना समाचार स्रोतहरसंग सोधखोज गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०