Friday, 21st August, 2026
वि.स.

घुससहित वडा सचिव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित ११ मंसिरमा पक्राउ गरेको हो ।

घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर ६ को लक्ष्मीनारायण मन्दिर परिसरबाट नियन्त्रणमा लिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif