Thursday, 20th August, 2026
वि.स.

घरघरबाट रकम जुटाएर सडक

मकवानपुरको आग्रा ५ गैरीगाउँका २५ परिवारले घरघरबाट रकम जुटाएर सडक बनाएका छन् । गैरीगाउँको लाँकुरीबोटबाट शुरु गरिएको झण्डै दुई किलोमिटर सडक फागुन ३० गतेबाट सञ्चालनमा आएको छ । 
पहिलो पटक स्थानीय चन्द्रबहादुर लामाले गाडी लगेर उक्त सडकको उद्घाटन गरिएको उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर गोलेले बताए । उनका अनुसार  झण्डै आठ लाखको लगानीमा बाटो निर्माण गरिएको हो । 
उक्त बाटो आग्रा ५ को तल्लो सल्ले सडकमा जोडिने छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif