Wednesday, 19th August, 2026
वि.स.

गोरखा २ मा बाबुराम र नारायणकाजीबीच प्रतिस्पर्धा

सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । बाम गठवन्धनका माओवादी र एमालेले पनि गोरखामा उमेदवारको टुङ्गो लगाइसकेका छन् ।

क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका लागि माओवादीका हरि अधिकारीले टिकट पाएका छन् भने क्षेत्र नं. २ मा नारायणकाजी श्रेष्ठको उमेदवारी पक्का भएको छ । माओवादीले नारायणकाजीलार्इ टिकट दिएपछि यहाँको चुनावी भिडन्त रोचक हुने भएको छ । दुर्इ हेविवेट नेताहरू भट्टरार्इ र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै वाम गठबन्धनबाट गोरखा क्षेत्र नं। १ को ९क०मा माओवादीका लेखबहादुर थापाले टिकट पाएका छन् भने ९ख०मा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतले टिकट पाएका छन् । गोरखामा एमालले एउटा प्रदेश मात्र पाएको हो । क्षेत्र नं। २ को (क)बाट माओवादीकी कमला नहर्की र (ख)मा अमर तमुले टिकट पाएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई कांग्रेससँगको गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । श्रेष्ठ यस अघि संविधानसभाको दोस्रो निर्वाचनमा मकवानपुर २ बाट पराजित भएका हुन् । 

बाबुरामले गोरखा २ बाट कांग्रेससँगको तालमेलमा चुनाव लड्ने भएपनि आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुङ्गो भने आइतबार लाग्ने स्रोतको भनाइ छ । गोरखा क्षेत्र नं. १ मा भने कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई टिकट दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif