Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गोगनेमा पेमाको घरमा आगलागी, नगद १५ लाख पनि जल्यो

मकवानपुरको गोगने गाविस वडा नम्बर ४ जुर्दुमडाँडामा रहेको पासाङ छिरिङ तितुङ पेमाको घरमा २१ असोजमा आगलागी भएको छ । 
दिउँसो अचानक घरमा आगलागी हुँदा घरमा रहेको नगद १५ लाख रुपियाँ समेत जलेर नष्ट भएको घरधनी पेमाले बताए । आगलागीबाट कुनै मानवीय तथा पशुधनको क्षति नभएपनि घरमा रहेको सम्पूर्ण अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको गोगनेबाट कमल लामाले विकासखबरलाई जानकारी दिए ।

-फोटो गुगलबाट