Saturday, 22nd August, 2026
वि.स.

गाउँ नै जाती, समय बिताउन खेतीपाती [हेनुहोस् फोटो फिचर]

मकवानपुर थाहा नगरपालिकाका किसानहरुलाई लकडाउनले छोएको छैन । पर्माको खेताला त पाइँदैन तर उनीहरु आफ्नै परिवारका सदस्यहरुले खेतीपाती स्याहारिरहेका छन् । 

अहिले मध्ये आलु गोड्ने बेला भएको छ । बारीका पाटा र खेतका गराहरुमा परिवार परिवारको झुण्ड–झुण्ड देखिन्छ । उनीहरु दिनदिनै आफनै खेतबारीमा नङ्ग्रा खियाउँदै परिश्रम गरिरहेका छन् ।

त्यसोतः लकडाउनको बेला थाहा नगरपालिकामा शहरबाट गाउँ आउनेहरु पनि उत्ति नै छन् । नगरपालिकाको विवरण अनुसार लकडाउनपछि हिडेरै ७ सय ३५ जना नाकाहरुबाट आएकाछन् ।  उनीहरु पनि परिवारको साथमा खेतपिाती गर्दैछन् । र, भन्छन्–‘गाउँ नै जाती, समय बिताउन खेतीपाती ।’

हेनुहोस् फोटो फिचर:



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।







Thaha-002-1774415222.gif