Saturday, 15th August, 2026
वि.स.

गाइपालक कृषकलाई थाहा नगरपालिकाको सहयोग

pashu-1653391018.jpg

थाहा नगरका गाइपालक कृषकहरुलाई थाहा नगरपालिकाले सहयोग उपलब्ध गराएको छ । आज १० जेठमा बज्रवाराहीमा एक कार्यक्रमको आयोजना गरी सो क्षेत्रका १३ जना गाइपालक कृषकहरुलाई गाइपालनमा अनुदान तथा अन्य सहयोग उपलब्ध गराइएको भेटेरीनरी अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए ।

कृषकहरुलाई नगरपालिकाको तर्फबाट अनुदान रकमसहित क्याल्सियम, लिभर टोनिक, घाँसको बीउ लगायत सामग्री वितरण गरिएको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत् सो सहयोग उपलब्ध गराइएको अधिकृत मिश्रले जानकारी दिए ।

सो अवसरमा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, भेटेरीनरी अधिकृत मिश्र, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, आन्तरिक लेखा परीक्षण सहायक सन्दिप पौडेल,  प्राविधिक सहायक मनिषा मगर, पशु स्वास्थ्य प्रविधिक विकेस कार्की लगायतको उपस्थिति रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif