Saturday, 15th August, 2026
वि.स.

गणेश विष्टले खिचेका थाहाका फोटोहरु काठमाडौँमा प्रदर्शन गरिने

311191858_247225238625125-1666256057.jpg

थाहा नगरका फोटो पत्रकार गणेश विष्टले खिचेका थाहा नगरपालिकाका विविध विषय र क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिने भएको छ । विष्टले खिचेका फोटोहरुलाई थाहा नगरपालिकाले काठमाडौँको बसन्तपुर डबलीमा तीन दिनसम्म राखेर प्रदर्शन गर्न लागेको हो ।

थाहाको पर्यटन प्रबद्र्धन गर्न  नगरको सभ्यता, सस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताए ।

फरक सोच अभियानको संयोजन र ओम अध्याय रिसोर्टको सहयोगमा १८, १९ र २० कात्तिकमा फोटो पत्रकार गणेश विष्टले खिचेका फोटोहरु प्रदर्शनी गरिने नगरपालिकाले जनाएको छ ।

पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा र सभ्यतालाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले विश्वास व्यक्त गरे ।

पछिल्लो समय संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक यादव जंग रायमाझीले बताए ।

प्रदर्शनीमा राख्न करिब १ सय ओटा फोटो तयार गरिएको र स्थान,रुची र आवश्यक्ता हेरी त्यसको व्यवस्थापन गरिने आयोजकले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif