nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खेलकुद र व्यापार मेलाको तयारी तीव्र

१२ बैशाख २०७२ को भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनको स्मृतिमा भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौंडामा आगामी मंसिर २ गतेदेखि संचालन गर्ने खेलकुद महोत्सवको तयारी तीव्र पारिएको छ ।  तिहार सकिएलगत्तै खेलकुद महोत्सब र व्यापार मेला–२०७३ को तयारी तीव्र पारिएको हो । 

खेलकुद महोत्सब सम्पन्न गर्न प्रतिष्ठान अध्यक्ष भेष खड्गीको संयोजकत्वमा मूल आयोजक समिति र समितिको मातहतमा विभिन्न १९ वटा उपसमितिहरु गठन गरिएको खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति संयोजक सविन भट्टाचार्यले बताए । 

हेटौंडा गट ट्यालेन्ट (गायन तथा नृत्य) प्रतियोगिताको लागि विशाल घोषले उपसमिति संयोजकको जिम्मेवारी लिएका छन् भने सचिवालय व्यवस्थापन तथा उद्घाटन/समापन समारोह व्यवस्थापन उपसमितिमा सविन न्यौपाने रहेका छन् । त्यस्तै स्टल व्यवस्थापनमा राजन रसिक, आर्थिक व्यवस्थापनमा डेबिन श्रेष्ठ, सुरक्षा व्यवस्थापनमा सानु लामा, टिकट÷पास व्यवस्थापनमा सुदीप राजबाहक, विद्युत्÷बाल उद्यान व्यवस्थापनमा राजन खरेल, सर सफाई तथा पिउने पानी व्यवस्थापनमा रुपक थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा दीपेन्द्र ढकाल र स्टेज व्यवस्थापन तथा उद्घोषणमा मणिराज गौतमलाई संयोजक तोकिएको छ । 

विशाल महतले खाना/आवास व्यवस्थापन, गणेशदर्पण अधिकारीले प्रचारप्रसार, सुविन घिमिरेले खेलाडी÷पूर्वखेलाडी पहिचान तथा सम्मानको जिम्मेवारी लिएका छन्  । 

कम्तिमा चारवटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता मेलास्थलमै हुने र व्यापार मेलाअन्तर्गत् सोही स्थानमा तीनसय ५० वटा व्यापारिक स्टल रहने प्रतिष्ठानका महासचिब सविन न्यौपानेले बताए । मेलाबाट भएको आम्दानीबाट मकवानपुरकै गौरबको रुपमा रहेको हेटौंडा इन्टरनेशनल गोल्डकप फुटबल प्रतियोगितामा लगानी गरिने अध्यक्ष खड्गीले बताए । खेलकुदको विकास, खेलाडीलाई सहयोग र पत्रकारहरुको लागि दीर्घकालीन सोचका साथ मेला आयोजना गरिएको उनको भनाइ छ । 

महोत्सव आगामी २ देखि १३ मंसिरसम्म हेटौंडा–१० टिसिएन चौरमा हुने आयोजकले बताएको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)