Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

खाद्यन्न र ग्यास पसल बाहेक अरु पसल खोले कडा कारबाही हुने

नेपालमा कोरोना संक्रमणको दर बढेपछि मकवानपुरमा पनि लकडाउनलाई जेठ १ गतेबाट कडा बनाईने भएको छ । हेटौँडामा भएको कमाण्ड पोष्टको बैठकले जेठ १ गतेबाट ग्यास तथा खाद्यन्न पसलमात्र (विहान ६ बजेदेखि ९ बजेसम्म) सञ्चालन गर्न दिने भएको हो ।

जेठ १ गते बिहानबाटै लकडाउनलाई कडा पारिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख दिपकराज नेपालले बताए । मंगलबारको बैठकमा भएको निर्णयलाई कडा ढंगबाट कार्यन्वयन गर्नको लागि आज पनि छलफल भएको थियो ।

जेठ १ गतेबाट मोटरसाईकल तथा अटो सञ्चालनमा पनि रोक लगाईने भएको छ भने बजारमा ग्यास र खाद्यन्न बाहेकका अन्य पसल सञ्चालन गरेको पाईएमा कडा कारबाही गरिने भएको छ । नेपालमा कोरोना संक्रमण बढेको अझ मकवानपुरसँग नजिक रहेको बारा तथा पर्सामा संक्रमणको गति बढिरहेको सन्र्दभमा मकवानपुरमा कोरोनाबाट जोगीनको लागि यस्तो तयारी गरिएको हो ।

पछिल्लो केहिदिनबाट मकवानपुरको हेटौँडामा कोरोना संक्रमणको कारण लागु गरिएको लकडाउन निकै फितलो भएपछि प्रशासनले जेठ १ गतेबाट कडा नीति अख्तियारी गर्ने भएको हो । जेठ १ गतेबाट माछामासु तथा एकिकृत तरकारी बजार समेत बन्द गरिने भएको छ । मेडिकल तथा पशुपन्छी तथा कृषिऔषधीजन्य पसलहरु सञ्चालन हुनेछन् । बैंकको हकमा भने विहान १० बजेबाट ३ बजेसम्म खुल्ला हुने बताईएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०