Thursday, 20th August, 2026
वि.स.

खहरेले बगाएर बेपत्ता आमाछाेरीकाे शव भेटियाे (अपडेट)

मकवानपुरको इन्द्रसराेवर गाउँपालिका–१ तौमासमा खहरे खोलाले घर बगाउँदा बेपत्ता भएका आमा र छाेरीकाे शव फेला परेकाे छ ।

आइतबार राति खाेलाले घर बगाउँदा ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिता बेपत्ता भएका थिए। साेमबार बिहान उनीहरुकाे शव घटनास्थलबाट ५० मिटर तल पुरिएकाे अवस्थामा भेटिएकाे हाे।

राति घरमै सुतिरहेका उनीहरुलाई वर्षासँगै आएकाे खहरेले बगाएको थियाे। घरमै सुतेका मध्ये एकजना भाग्न सफल भएकाथिए।

याेसँगै मकवानपुरमा बाढीपहिराेबाट मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif