Saturday, 15th August, 2026
वि.स.

क्षयरोग रोकथामबारे थाहानगरका स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखीकरण

IMG_0788-1654248968.JPG

क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत् थाहा नगरपालिकामा क्षयरोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम २० जेठमा सम्पन्न भएको छ । थाहा नगरपालिकाको आयोजनामा शिखरकोटस्थित शंकर होटलमा कार्यक्रम भएको हो ।

अभिमुखीकरणमा थाहाका १२ वटै वडामा रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई थाहा नगरपालिका क्षयरोग कार्यक्रम संयोजक प्रदिम्न हमालले सहजीकरण गरेका थिए । 

कार्यक्रममा क्षयरोगबारे जानकारी गराउनुका साथै सो रोगको रोकथाम र नियन्त्रणका उपायहरुका बारेमा अभिमुखीकरण गरिएको थियो । सो  अवसरमा थाहा नगरपालिकाका स्पाथ्यकर्मीहरु सन्तोष केसी, स्वेता पराजुली लगायतको सहभागिता रहेको थियो ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif