Wednesday, 26th August, 2026
वि.स.

कोरोना संक्रमणबाट ज्यान गएकोमा नगर प्रमुखबाट दुःख व्यक्त

कोरोना पुष्टि भएका मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का एक पुरुषको ज्यान गएको घटनाप्रति नगर प्रमुख लवशेर विष्टले दुःख व्यक्त गरेका छन् । उनले विश्व महामारीको रुपमा फैलिइरहेको कोभिड–१९ संक्रमणले नगरबासीको ज्यान जानू दुःखद भएको भएको बताए । प्रमुख विष्टले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे । नगर क्षेत्रमै कोभिड–१९ पोजेटिभ भएका व्यक्तीहरुको ज्यान जान थालेको उल्लेख गर्दै अब सबै नगरबासी स्वासथ्य सुरक्षाका मापदण्ड अपनाई सरक्षित हुन नगर उपप्रमुख खड्ग गोपालीले आग्रह गरेका छन् ।

यसैबीच कोभिड–१९ पोजेटिभ भई ज्यान गुमाएका थाहा–३ का ४३ वर्षिय पुरुषका लागि थाहा नगरपालिकाले १ लाख रुपियाँ राहत सहयोग दिने भएको छ । थाहा नगरपालिकाको १९ असारमा सम्पन्न छैठौं नगरसभाको निर्णय अनुसार कोभिड–१९ पोजेटिभ भई मृत्यू भएकाको परिवारलाई १ लाख रुपियाँ राहत सहयोग गर्ने प्रमुख विष्टले बताए । ‘हामी क्वारेन्टिनमा निःशुल्क राख्छौं, प्रदेश सरकारको निर्णय अनुसार निःशुल्क पिसिआर परीक्षण र उपचार गराउँदछौं, त्यत्ति गर्दा–गर्दै पनि ज्यान गए नगरपालिकाको तर्फबाट परिवारलाई १ लाख राहत सहयोग गर्छौ’– नगर प्रमुख लवशेर विष्टले भने,–‘यो महामारीमा सबैले स्वास्थ्य सुरक्षा विधि अपनाएर संक्रमणबाट आफू जोगिनूस, अरुलाई पनि जोगाउनुहोस् ।’

त्यस्तै थाहा नगरपालिका–४ मा कोरोना पोजेटिभ भई ज्यान गुमाएका पुरुषको शव व्यवस्थापनमा सहयोग गर्ने श्री नंं ७ बाहिनी चनवन व्यारेकलाई नगर प्रमुख विष्टले धन्यवाद व्यक्त गरेका छन् । नेपाली सेनाका साथै इलाका प्रहरी कार्यालय पालुङका नेपाल प्रहरीले समेत सहयोग गरेकोमा उच्च प्रसंशा गर्दै प्रमुख विष्टले धन्यवाद व्यक्त गरेका हुन् । विष्टले थाहानगरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा रही सेवा गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी तथा यस कार्यका लागि खटिने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

होम आइसोलेशनमा रहेका थाहानगरका एक पुरुषको मृत्यू



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif