Wednesday, 8th July, 2026
वि.स.

कोरोना जितेर डिस्चार्ज हुन लाग्दा मृत्यु

death-1598869780.jpg

कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुने लागेकी पूर्वी नवलपरासीकी ७५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–६ की उनी पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत थिइन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार पुरानो मेडिकल कलेजमा श्वासप्रश्वास, प्रेसर र मुटुसम्बन्धी रोगको उपचार गराई रहेकी उनमा कोरोनो संक्रमण देखिएपछि थप उपचार गरिएको थियो ।

शनिबार स्वाब परीक्षण गर्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज हुने तयारीमा रहेकी उनको एक्कासी निधन भएको हो ।

पुरानो मेडिकल कलेजका सिइओ सुप्रभात श्रेष्ठले घटनाको पुष्टि गर्दै कोरोना जितिसकेपछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन् । उनले भने, ‘कोरोना जितिसकेपछि निधन भएको घटनाकोबारे थप बुझ्ने काम भइरहेको छ ।’

उनको उपचारको क्रममा कुरुवा बसेका परिवारका दुई जना सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भने रजहरको प्राकृतिक चिकित्सालयमा राखेर उपचार भइरहेको छ । मृतकका आफन्तले पुनः स्वाब परीक्षण गर्नुपर्ने माग राखेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०