Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना अपडेट : कुन जिल्लामा कति संक्रमित थपिए (तथ्यांकसहित)

बितेको २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ३२९ जना निको भएको जानकारी दिए ।

यससँगै देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको गौतमले बताए । हाल कोरोना संक्रमितको कुल संख्या ८६,८२३ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेको छ । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । 

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको हो। 
यसैबीच कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै  कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

 

 

 

 

 



 

 

 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०