Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोनाबाट थप ७ को मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए ? (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । मृतकमा काठमाडौंका २ महिला र १ पुरुष रहेका छन् भने रुपन्देही, सप्तरी, मोरङ र सुनसरीका ४ पुरुष रहेका छन् । 

यस्तै हाल देशभर २०१ जना आईसीयु र ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ भने आजमात्रै १५५९ जनामा संक्रमण पुष्टि भएको छ । 

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । 

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ। यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०