Saturday, 4th July, 2026
वि.स.

कोरोनाबाट एकै दिन एघार जनाको मृत्यु, थप ८३८ जनामा संक्रमण पुष्टि

corona-update-t-1598008736.jpg

शुक्रबार अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। शुक्रबार एघार जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी २४ घण्टामा एक महिला तथा दश पुरुष गरी एघार जनाको मृत्यु भएको जानकारी दिएको छ। यसअघि एकै दिन आठ जनासम्मको मृत्यु भएको थियो। शुक्रबार सहित संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ। 

शुक्रबार थप ८३८ जनामा संक्रमण पुष्टि भएको छ। आज पनि काठमाडौं नै बढी संक्रमण थपिने जिल्ला बनेको छ। काठमाडौंमा २४ घण्टामा १४२ जनामा संक्रमण पुष्टि भएको हो। ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा संक्रमण देखिएको छ।  शुक्रबार थपिएको सहित नेपालमा संक्रमित हुने संख्या ३० हजार ४३८ पुगेको छ। तर, २५० जना संक्रमित मात्रै निको भएर घर फर्किएका छन्। मन्त्रालयले अहिलेसम्म निको हुने संक्रमित संख्या १८ हजार २१४ पुगेको जनाएको छ।

सक्रिय संक्रमित संख्या १२ हजार १३२ पुगेको छ। त्यस मध्ये तीन हजार ५८६ जना घरमै उपचारत छन्। बाँकी आठ हजार ५४६ जना भने संस्थागत आइसोलेसनमा छन्।

घरमै उपचार गराउनेमा प्रदेश १ मा २६८, प्रदेश २ मा दुई हजार ८९७, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा २४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ जना छन्। 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०