Friday, 28th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा २० विगाहा गाँजा खेती नष्ट

ganja-1611293932.jpg

मकवानपुर प्रहरीले कैलाश गाउँपालिकाको स्थानीयको जग्गामा लगाएको गाँजा फडानी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको कमाण्डमा बागमती प्रदेश प्रहरी कार्यालय, प्रहरी गण रातोमाटे र दंगा नियन्त्रण प्रहरी गणबाट संयुक्त रुपमा खटिएको ७० जनाको टोलिले २० विगाहा लागु औषध गाँजा खेति फडानी गरेको हो ।

कैलाश गाउँपालिका वडा नं।३ र ८ को थलिटार, फास्टार, कुनिले लगायतका विभिन्न स्थानहरुमा गरी कुल २० विगाहा लागुऔषध गाँजा खेति फडानि गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसअघि राक्सिराङ्ग, बकैया गाउँपालिका लगायत अन्य धेरै स्थानमा स्थानीयको जग्गामा लगाएको सयौँ बिगाहा गाँजा र अफिम खेती फडानी गरी नष्ट गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif