Friday, 21st August, 2026
वि.स.

केन्द्र, प्रदेश र स्थानीय सरकार अब बाम नेतृत्वमाः उप्रेती

नेकपा एमालेका ३ प्रदेश कमिटी सदस्य एकराज उप्रेतीले प्रदेश र प्रतिनिधिसभाको निर्बाचनपछि केन्द्र, प्रदेश र स्थानीय सरकारमा बाम बर्चश्व कायम रहने दाबी गरेका छन् । 

उनले दुई तिहाई मत ल्याएर केन्द्र र प्रदेशमा सरकार निर्माण गर्ने भन्दै बाम गठबन्धन अब त्यो दिशामा अघि बढिसकेकाले चिन्ता नलिन मतदाताहरुलाई आग्रह गरे । मनहरी गाउँपालिकाको वडा १ मकरीस्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वडास्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । केही मान्छेहरु रकमको चलखेल गर्दै आफ्नो गाउँपालिकातिर अनेक भ्रम बाँड्दै हिँडेको पाइएकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद कालाखेतीले बामगठबन्धनमा कुनै पनि दरार नआउने प्रतिबद्धता व्यक्त गर्दै उत्साहका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले आगामी दिनमा पार्टी एकताको बाटोमा नेताहरु अघि बढ्नुपर्ने भन्दै त्यसका लागि खबरदारी जारी राख्नुपर्ने बताए । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा १ नं वडा परिचालन कमिटीका संयोजक भूमिनन्द अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मनहरी गाउँपालिका कमिटीका सचिव सन्जीव पाठक, नेकपा एमालेका नेता भीमसेन अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा दुबै पार्टीका नेताहरु बाबुराम थिङ, युवा संघका प्रदेश कमिटी सदस्य नवीन सुवेदी, जिल्ला सचिवालय सदस्य कृष्ण लामिछाने, जिल्ला सदस्य पोशक बिष्ट, जनप्रतिनिधिहरु साधुराम अधिकारी, आनन्द ढुंगाना लगायतको सहभागिता रहेको थियो । 

बैठकले बिभिन्न प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णयहरु गरेको छ भने काँग्रेसले छरेको भ्रमलाई चिर्नेगरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । यसैबीच बैठकपछि प्रमुख अतिथि उप्रेतीले वडा निर्वाचन परिचालन कार्यालयको उद्घाटन गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif