Friday, 3rd July, 2026
वि.स.

कृषि विषय पढाउन फाखेलको कालिका माविमा महायज्ञ

कालिका माध्यमिक बिद्यालय इन्द्रसरोवर–४ फाखेलमा महायज्ञहुने भएको छ । गतवर्षदेखी कक्षा ९ मा कृषि प्राबिधिक विषयको अध्ययन अध्यापन थालनी गरेको बिद्यालयलेआर्थिक संकलन गरी कक्षा १२ सम्म कृषि विषयको पठनपाठन गराउने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनवीर स्याङतानले बताए ।

महायज्ञ यहि चैत्र १७ गते देखि २४ गते सम्म सञ्चालन हुने मुल आयोजक समितिका संयोजक धिराज लामाले बताए । कूल ३०८ जना बिद्यार्थी अध्ययन गर्ने सो बिद्यालयले कार्यक्रम मार्फत ५० लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको छ ।महायज्ञमा श्रीमद् भागवत तथा बुद्धज्ञान महायज्ञ अर्थात हिन्दु धर्म र बौद्ध धर्मका दुबै गुरुद्वारा ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।

महायज्ञका लागि १८ फागुनमा भिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।