Thursday, 20th August, 2026
वि.स.

कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर खुल्यो

कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान  गरिएको छ।

बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ। बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी २० जना रहेका छन्। त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्। 

विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ। 

हेर्नुहाेस् विज्ञापन 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif