Thursday, 2nd July, 2026
वि.स.

कृषकले कृषिमा ५० र पुजींगत शिर्षकमा ८५ प्रतिशत अनुदान पाउने बरिस्ठ कृषि अधिकृतः– अंगाइ

IMAG4762-1518399520-1522131650.jpg

कृषकले प्लास्टिक टनेल, हाते ट्र्याक्टर, तालिमहरु, भकारो सुधार लगायत जुनसुकै कार्यक्रम माग गर्न सक्ने र त्यसमा ५० प्रतिशत अनुदानको ब्यवस्था हुन्छ भने साना सिचाइ निर्माण, कुलो निर्माण, कुलो मर्मत, तरकारी राख्ने घर निर्माण, आलु राख्ने घर निर्माण लगायतका पुजींगत शिर्षक भने ८५ प्रतिशत अनुदानको ब्यवस्था हुने बरिस्ठ कृषि अधिकृत सुजन अंगाइले बताए । मकवानपुरको थाहामा रहेको नेपाल सरकार कृषि बिकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ तरकारी जोन शिखरकोट पालुङको तरकारी जोन अन्तर्गत ८५ वटा कृषि समुह, सहकारी र फर्महरु सुचिकृत भएका छन । सुचिकृतको लागि पटक पटक सुचनाहरु प्रवाह गर्दा पनि न्युन मात्र समुह सहकारीहरु सुचिकृतका लागि आएका हुन । करिब ८५ वटा समुहहरु मध्ये निक्कै नै न्युन मात्रामा लगभग १० वटा ईन्द्रसरोवर गाउपालिकाको कृषक समुहहरु रहेका छन भने जम्मा लगभग २५ वटा फर्म, २ वटा सहकारी र बाकी कृषक समुहहरु रहेका छन । परियोजना कार्यान्वयन इकाइ पालुङले यस आर्थिक बर्ष २०७४÷०७५ देखि मकवानपुर जिल्लाको थाहा नगरपालिका १ देखि १० र ईन्द्रसरोवर गाउपालिका वडा नं १ देखि ५ मा तरकारी खेतीको उत्पादन, ब्यवसायिकरण, प्रसोधन तथा बजारिकरण गर्ने उद्धेश्यले बिभिन्न कृषि समुह, कृषि सहकारी, कृषि उद्यमी र फर्म तथा जल उपभोक्त समिति मार्फत कार्यक्रम सञ्चालन गर्न सुचिकृत भएका समुहहरुसंगको छलफल र सहकार्यमा कृषि कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ । भर्खरै सम्पन्न अभिमुखिकरण गोष्ठी तथा जोन संचालन समिती गठन कार्यक्रमले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइ पालुङको जोन संचालन समितिको सुदर्शन बिष्टको अध्यक्षतामा ९ सदस्यीय समितीको गठन गरि कार्यक्रमलाई अगाडी बढाएको छ । समितिमा इन्द्रसरोवर गाउपालिका र थाहा नगरपालिकाको समेत गरि उपाध्यक्षमा कृषक सरिता बस्नेत, सचिबमा सुबिन भक्त श्रेष्ठ, सह सचिबमा सुबास रुम्बा र सदस्यहरुमा रामकृष्ण कार्की, बिनिता ढकाल, बिनिता ढकाल, अन्जु केसी र कृशोर स्याङ्तान चयन भएका थिए ।

९ सदस्यिय समितिको क्रियाशिलता मार्फत कृषकहरुको माग अनुसार कार्यक्रमहरु सञ्चालन गर्ने जोन कार्यालयका बरिष्ठ कृषि अधिकृत सुजन अम्गाईले बताए । कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा थाहा नगरपालिका वडा नंम्बर ३ मा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० तरकारी जोन० को रुपमा कार्यालय स्थापना भएको हो । कृषिको चार वटा संवाहक सुपर जोन, जोन, ब्लक र पकेट अन्तर्गत मकवानपुरको थाहा नगर र इन्द्रसरोवरमा जोन स्थापना भएको हो । कृषि पेशालाई थप व्यवस्थित गर्न कृषिमा यान्त्रिकीकरण, ट्रयाक्टर र पावर टेलर प्रविधिको विकासका लागि औजारहरुको अनुदान कार्यक्रम सञ्चालन गरिने बताए । तरकारी उत्पादनको उर्वर क्षेत्र मानिएको थाहानगर र इन्द्रसरोवरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषिलाई आधुनिकीकरण गर्न खोजिएको इकाई प्रमुख आम्गाईले बताए । यसवर्ष अलि कम बजेट रहेको र आगामि वर्षहरुमा कार्यक्रम र बजेट वृद्धि हुने र कृषकहरुको माग सबैभन्दा बढि के मा हुन्छ त्यसलाई योजना बनाएर काम गर्ने उनको भनाइ रहेको छ । उनले भने “किसानहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बिषयमा चासो दिनु पर्ने जरुरी छ, आगामी दिनमा जिल्ला बिकास कार्यलय नरहने भएकाले किसानको हक हितको लागी काम गर्ने एउटा स्थानीय निकायको रुपमा नगरपालिका र अर्को जोन परियोजना मात्र हुने भएकाले किसानहरुले बुझेर आउनु पर्छ र समस्याहरू ल्याइदिनु पर्छ, जसले गर्दा हामीलाइ काम गर्न सहज हुन्छ ।“ जोन परियोजना कार्यान्वयन इकाइ मार्फत व्यवशायीक तरकारी उत्पादनलाई जोड दिनूका साथै कृषकहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु, उन्नत खेती प्रविधि प्रदर्शनी लगायतको कार्यक्रमहरु संचालन हुने जनाइएको छ । कृषि उपज उत्पादन, प्रशोधन तथा बजारीकरणमा सहयोग पुग्ने कार्यक्रमका लागि परियोजनाबाट कृषकहरुले कृषि संग सम्बन्ति कार्यमा ५० प्रतिशत र पुजीगत कार्यमा ८५ प्रतिशतसम्म अनुदान प्राप्त गर्न सक्ने बरिष्ठ कृषि अधिकृत अम्गाईले बताए । “ केन्द्रिय निकायबाट कार्यक्रम संचालन र तय हुने हुँदा यो सुरुवाती समयमा कुनै पनि ठोस कार्यक्रम छैन, केहि जोनले नै स्वतन्त्र रुपमा संचालन गर्ने कार्यक्रमहरुमा तालिमहरु र प्रदर्शनहरु छन, अरु अधिकाशं कार्यक्रमहरु कृषकको मागमा आधारित छ, कृषकहरुको बास्तबिक आवश्यकतालाइ सम्बोधन गर्ने नै यसको लक्ष्य हो ।“ अंगाइले भने । जोन मार्फत किसानहरूले अत्याधुनिक कृषि प्रविधि अपनाएर उत्पादनमा वृद्धि गर्न सक्ने र उच्च गुणस्तरको तरकारी उत्पादन गरेर राम्रो मूल्य लिन सक्ने उनले बताए । अहिले सुचिकृत हुन नआएका कृषि समुहहरुलाइ आउदो आर्थिक बर्षको साउनमा सुचिकृतको लागी आवहान गरि समेतिएर कार्यक्रम संचालन गर्ने योजना रहेको समेत उनले बताए । जोनले नै स्वतन्त्र रुपमा संचालन गर्ने कार्यक्रमहरु कार्यलय नजिक नभई टाढाका किसानहरुलाइ सहज हुने गरि धेरै किसानलाइ लाभान्वित हुने तरिकाले तालिम तथा प्रदर्शनी गर्ने अंगाइले बताए । जोन मार्फत कृषकहरुले हाल अपनाइरहेको कृषि प्रविधिलाई आधुनिकीकरण गर्न थप मद्दत मिल्ने जनाइएको छ । कृषि जोन स्थापना गर्न सो क्षेत्रमा कम्तीमा पाँचसय सय हेक्टर जग्गामा तरकारी खेती गरिएको हुनुपर्ने प्रावधान रहेको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।