nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानीमा दुर्घटना हुँदा ८ घाइते, २ गम्भीर

11-4-1024x579-1653142870.jpg

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नंबर २ कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा दुईजना गम्भिर घाईते भएका छन् ।

आज ७ जेठ साँझ ना ४ च २३१५ नम्बरको योद्धा गाडी दुर्घटना हुँदा २ जना गम्भिर सहित ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

२ जना गम्भिर घाईते भएकालाई काठमाण्डौ पठाईएको र ६ जनालाई हेटौंडा लैजादै गरिएको कार्यालयका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनाको कारण नखुलेको र घाईतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)