Thursday, 20th August, 2026
वि.स.

कुन्छाल र कुलगाउँको दाफा भजन लिपिवद्ध, मन्त्री र मेयरद्वारा विमोचन

dapha-bhajan-1664587362.jpg

थाहा नगरको कुन्छाल र कुलगाउँको नेवारी समुदायमा प्रचलित दाफा भजन लिपिवद्ध गरिएको छ । थाहा नगरपालिकाको आर्थिक सहयोगमा भजन लिपिवद्ध गरिएको हो । कुन्छालका रुपचन्द्र गोपालीले भजन संकलन तथा सम्पादन गरेका हुन् ।

नयाँ पुस्तालाई आफ्नो परम्परा  हस्तान्तरण तथा दाफा भजनको लिपि संरक्षणका  लागि प्रकाशित भजन मालाको एक समारोहबीच १४  असोजमा विमोचन गरिएको छ । थाहा नगरपालिका वडा न १ को आयोजना तथा सुनौलो सामुदायिक सिकाइ केन्द्र र जिवन्त शिक्षाको सहकार्यमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान र थाहा नगरपालिकाका मेयर विष्णु विष्टले भजन सङ्ग्रहको विमोचन गरेका हुन् ।

कार्यक्रममा कुन्छाल/कुलगाउँको नेवारी संस्कृति र परम्परासहित दाफा भजनलाई जीवित राख्न योगदान गर्ने कुलगाउँका मूलगुरु हर्षबहादुर गोपाली र कुन्छालका मूलगुरु धनबहादुर गोपालीलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मानित गरिएको थियो  भने कुन्छाल महिला बासुरी बादक समूहलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

वडा न १ का अध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री मोक्तान, थाहा नगरका प्रमुख विष्ट,  उपप्रमुख भरत गोपाली, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुवर्ण गोपाली, वडा सदस्यहरु पार्वती सुनार, अनिता वल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, जीवन्त शिक्षाका अध्यक्ष राजन बिंडारी, सुनौला माविका अध्यक्ष प्रमोद गोपाली, प्रधानाध्यापक कृष्णप्रसाद लामिछाने, सुनौलो सिकाइका अध्यक्ष रुपचन्द्र गोपाली, एकीकृत समाजवादी थाहानगर अध्यक्ष सानुकाजी गोपाली, नेकपा माओवादी बागमती प्रदेश सदस्य इन्द्र श्रेष्ठ, पत्रकार,कुन्छाल कुलगाउँ दाफा भजन समुहका सदस्यहरु महिला बासुरी बादकहरु लगायत स्थानीय नेवार समुदायको उपस्थिति रहेको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif