nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

कुन्छालको गोपाली बस्तीमा होमस्टे
निराजन गाेपाली

14937885_1158922920860825-1478158622.jpg

मकवानपुरस्थित थाहा नगरको ऐतिहासिक गोपाली बस्तीमा पहिलो पटक औपचारिक रुपमा होम स्टे शुरु गरिएको छ । थाहा–१२ कुन्छालमा ४ वटा घरमा होम स्टे सन्चालनमा ल्याइएको हो । 
जापानी सिएचयूओ बिश्व बिद्यालयका ७ जना विद्यार्थीलाई पाहुनाको रुपमा स्वागत गरेर होम स्टेको सुरुवात गरिएको होम स्टे ब्यबस्थापन समितिका अध्यक्ष सानुकाजी गोपालीले बताए ।
निकट भबिस्यमा होम स्टेको संख्या बढाएर स्वदेशी र बिदेशी पाहुनाहरुलाई गाउँमा ल्याउने लक्ष्य रहेको अध्यक्ष गोपालीले बताए । गाउँको होम स्टेमा पहिलो पटक आएका अतिथिहरुलाइ कुन्छालका बासिन्दाहरुले बाजागाजा र फुलमालाले स्वागत गरेका थिए । 
होम स्टेमा पहिलो पाहुनाको रुपमा आएका जापानी भ्रमण टोलीले कुन्छाल गाउँको सामाजिक तथा साँस्कृतिक पक्षको बारेमा अध्ययन गर्ने विकास खबर डटकम सम्बाददाता निराजन गोपालीले जनाएका छन् ।