Thursday, 2nd July, 2026
वि.स.

काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महशुस

काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ। दिउँसो ४ बजेर १५ मिनेटमा भूकम्पको  धक्का महशुस गरिएको हो।

काठमाडौँमा लामो समयपछि ठूलो धक्का महशुस भएको हो । ठूलो झट्का महशुस गरिएपछि सबै त्रसित बनेका छन् । घरभित्र हुनेहरु भागेर बाहिर आएका छन् । भूकम्पको धक्कासँगै काठमाडौंमा पानी पनि परेको छ । बिस्तृत विवरण आउन बाँकी छ।