nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काठमाडाैँपछि थाहाकाे फाेटाे अब चितवनकाे खैरहनीमा

IMG_20230117_211106-1673969181.jpg

थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि चितवनको खैरहनीमा थाहा नगर आसपासको फोटो प्रदर्शनी गरिने भएको छ ।  

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश तथा खैरहनी उद्योग वाणिज्य संघको आयोजनामा चितवनको लदरी खोला किनारमा ४ माघदेखि १५ माघसम्म सञ्चालन हुने बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा थाहाको फोटो प्रदर्शनीका लागि राखिने भएको हो ।  

थाहा नगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका थाहा नगरपालिका भित्रका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू समेटिएका ६० वटा फोटो साे महोत्सवमा प्रदर्शनीका लागि राखिने छन् ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न तथा थाहाको समष्टिगत परिचय दिने उद्देश्यले  महोत्सवमा फोटो प्रदर्शनी गर्न लागिएको थाहा नगरका मेयर बिष्णुबहादुर बिष्टले बताए ।

यस अघि काठमाडौको बसन्तपुरमा ३ दिन थाहा नगरको फोटो प्रदर्शनी  गरिएको थियो ।

थाहा नगरपालिकाको आयोजनामा तथा फरक सोचको समन्वयमा गत १९-२१ कार्तिकमा गरिएको प्रदर्शनीमा करिब १३ हजारले अवलोकन गरेको र साे प्रदर्शनीले थुप्रै पर्यटकलाई थाहा नगरसम्म आउने वातावरण बनाएकोले चितवनमा पनि फोटो प्रदर्शनी गर्न लागिएको पनि नगर प्रमुख विष्टले बताए ।

यस पटकको प्रदर्शनीे थाहा नगरपालिकाको आयोजना तथा फरक सोचको समन्वय रहने छ भने कार्यक्रमको ब्यवस्थापन थाहा नगर उधोग बाणिज्य संघले गर्नेछ । १० दिनसम्म चल्ने महोत्सवमा करिब १५ हजारले अवलोकन गर्ने पुर्वानूमान रहेको कार्यक्रमका संयोजक तथा थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए ।

फरक सोच अभियानले आफ्नो ब्यवस्थापनमा काठमाण्डौमा भएको फोटो प्रदर्शनीमा बिक्री भएको फोटोबाट प्राप्त भएको ८० हजार ६ सय  रुपैयाँ राजस्व सहित प्रदर्शनीका निम्ति तयार पारिएका ६३ थान माउन्ट गरिएको ४० हजार ८२४ रुपैयाँ बराबरको फोटो समेत नगरलाई बुझाएको थियो ।

चितवनको खैरहनीमा हुने महोत्सवमा अहिले ६० ओटा फोटो प्रदर्शनीका लागि राखिने फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)