Friday, 21st August, 2026
वि.स.

काँग्रेस हेटौंडा नगरको निर्वाचन परिचालन समितिमा पराजुली

नेपाली काँग्रेस हेटौंडा नगर समितिको सोमबार बसेको बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा बसेको बैठकले नगर सभापति पराजुलीको संयोजकत्वमा ५१ सदस्यीय हेटौंडा उपमहानगर निर्वाचन परिचालन समिति गठन गरेको हो ।

बैंठकमा प्रमूख अथिति नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, अथितिहरु पार्टी सभापति एवं प्रतिनिधिसभा २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँ र १ का यतिराज सापकोटा, प्रतिनिधि सभा १ को प्रदेश सभा १ र २ का उम्मेदवारहरु धर्म लामिछाने र अशोक शाक्य, निवर्तमान सभापति रघुरमण न्यौपाने, दिनेश उपाध्याय, निर्वाचित वडा अध्यक्षहरु राजेश बानियाँ, अर्जुन चौलागाई, सविन न्यौपाने, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, धनबहादुर गुरुङ, शालिकराम अधिकारी, पुरुषोत्तम अधिकारी, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतमलगायतले निर्वाचनको भावी रणनीतिको बारेमा बोलेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif