Friday, 21st August, 2026
वि.स.

काँग्रेस–राप्रपालाई जनताले विश्वास नगर्ने– खतिवडा

images-1511266028.jpg

वामगठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले वामपन्थीको लालकिल्ला रहेको मकवानपुरमा काँग्रेस–राप्रपाले चुनाव जित्न जुनसुकै हतकण्डा अपनाएपनि जनताले विश्वास नगर्ने बताएका छन् । मंगलबार राक्सीराङ ३ सरीखेतमा आयोजित चुनाबी सभामा बोल्दै खतिवडाले चुनाव जित्न बिभिन्न भ्रमहरु छरेर जनता झुक्याउने काम गरेको बताए । जनताको भाबना बुझ्ने भएकोले वामगठबन्धनमा मत हाल्न आग्रह पनि गरे ।    

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश ख का उमेद्वार राजाराम स्याङतानले वाममगठबन्धनमा जनताको बिश्वास बढ्दै गएको बताए । वामगठबन्धनमा  जनताले दिएको मत खेर नजाने भन्दै बिकास निर्माण पहिलो प्राथामिकता हुने बताए । राक्सीराङ ३ का निर्बाचन परीचालन कमिटिका संयोजक गणेश मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य पीवी गोले, क्षेत्र नम्बर २ निर्बाचन परीचालन कमिटिका सहसंयोजक ओम घलान, प्रदेश ख का संयोजक लालबहादुर थापा, सहसंयोजक रामहरी सुबेदी, अनेरास्वबियुका केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, हेटौंडा १८ नम्बरका वडाध्यक्ष अनिल बानियाँ, निर्बाचन परीचालन कमिटि मनहरी गाउँपालिकाका संयोजक नबराज सुवेदी, राक्सीराङ गाउँपालिका निर्बाचन परीचालन कमिटिका संयोजक बनस्तम थिङ, सहसंयोजक बाबुलाल स्याङतानलगायतले बोलेका थिए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif