Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कक्षा ८ को नगरस्तरीय परीक्षाफल प्रकाशन (कुन जिपीएमा कति उतिर्ण हेर्नुहोस्)

मकवानपुर थाहा नगरपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षाफल ५ जेठमा प्रकाशन गरेको छ । शैक्षिक वर्ष २०७६ को नगरस्तरीय परीक्षाको परीक्षाफल नगरस्तरीय परीक्षा समितिले प्रकाशन गरेको हो ।

प्रकाशित नतिजा अनुसार ६ सय ९८ परीक्षार्थी मध्ये ३.६ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या ३८ रहेको छ । त्यस्तै ३.२ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या ८१, २.८ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या ९३, २.४ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या १७० रहेको छ । 

२ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या २५४, १.६ र सो माथिको संख्या ४८ र, १.६ भन्दा तल जिपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या १४ रहेको छ । थाहानगरले २०७६ फागुन २७ देखि चैत्र ५ गतेसम्म कक्षा ८ को वार्षिक परीक्षा संचालन गरेको थियो । 

नगरस्तरीय परीक्षा समितिबाट प्रकाशन भएको नतिजा पुर्नयोग गर्न चाहेमा प्रति विषय रु १००/- थाहा नगरपालिकाको कार्यालयमा राजश्व बुझाई नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र भित्र निवेदन दिन सकिने थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

हेर्नुहोस् नतिजा:

 


 



https://www.thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।