Monday, 17th August, 2026
वि.स.

कक्षा ११ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज  सार्वजनिक गरेको हो ।

नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस्

https://neb.edusanjal.com/?fbclid=IwAR1Uy8J9LPaiO1Rwpgsq944dqd3lNvgh_hXljVA08zQmKUV-rNnrgU-UlM8

देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका थिए । जसमा नियमित तर्फ ३ लाख ४९ हजार ६०३ र आशिंक तर्फ १ लाख ४२ हजार ३४५ सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

परीक्षामा २ हजार ३१९ ले जिपिए ३.६१ देखि ४,१३ हजार ७७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् । यस्तै, ५४ हजार ८१६ ले २.४१ देखि २.८० जिपिए, ८४ हजार २३९ ले २.०१ देखि २.४० र ८९ हजार ६५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् । यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १७१ ले ०.८१ देखि १.२०, २१ हजार ३४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।

 









Thaha-002-1774415222.gif