Thursday, 20th August, 2026
वि.स.

ओखरबजारमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने

ambulance-pic-1541737149.jpg

नेपाल सम्वत् ११३९ सँगै थाहा नगरपालिकाको ओखरबजारमा नयाँ एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरिएको छ । ओखरबजारका बासिन्दालाई निःशुल्क रुपमा सेवा प्रदान गर्ने गरी नयाँ एम्बुलेन्स सेवा सञ्चालनको तयारी गरिएको एम्बुलेन्स सेवाका लागि आर्थिक अभियान संचालकहरु मध्येका जर्म श्रेष्ठले बताए । 
नेपाल सम्वत् ११३९ र म्हः पूजा मनाउँदै गर्दा गाउँमा भेला भएका स्थानीय सामाजिक चिन्तक युवाहरुले गाउँमै एम्बुलेन्स सेवा सञ्चालनकोे अवधारणा ल्याएका हुन् । नेवार समुदायको बसोबास रहेको ओखरबजारमा युवाहरुले एम्बुलेन्सका लागि गाउँका प्रत्येक घरबाट रकम संकलन गर्ने, दाताहरुबाट सहयोग लिने र बैदेशिक रोजगारमा रहेका युवाहरुबाट रकम संकलन अभियान सञ्चालन गर्ने योजना बनाएका छन् । 
विहीबार एम्बुलेन्सका लागि छलफल गर्दैगर्दा करिब २ लाख रकम संकलन भएको थियो । आज शुक्रबार भाइटीकाको दिन विहानसम्म उक्त रकम बढेर ३ दाख पुगिसकेको अभियन्ता मध्येका विक्रम अमात्यले बताए । 
एम्बुलेन्स सेवा सञ्चालनका लागि हाललाई युवाहरुले सामाजिक अभियन्ता सुरेन्द्रमान प्रधानको संयोजकत्वमा सञ्चालक समिति (स्टिरिङ कमिटी) गठन गरेका छन् । त्यस्तै, आधिकारिक रुपमा ओखरबजार एम्बुलेन्स सेवा अभियान आइडी राखेर फेसबुक पेज समेत शुरु गरेका छन् । उक्त पेजमार्फत् आर्थिक अभियानलाई तीव्र पार्ने स्टिरिङ कमिटीले योजना बनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif