Saturday, 22nd August, 2026
वि.स.

एसईई लगायत सबै परीक्षा अनिश्चित [हेर्नुहोस् सूचनासहित]

कक्षा १० को अन्तिममा लिईने परीक्षा (एसईई) सहित सिटिईभिटि र विश्वविद्यालय तहका सबै परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ । चैत ६ गते देखि सञ्चालन हुन गईरहेको एसईई, हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा हुने गरी निर्धारण गरिएका सिटिईभिटि र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु अर्को सुचना नभएसम्मका लागि स्थगित गर्ने सरकारले निर्णय गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्च स्तरीय समितिको बेलुका फेरी बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिको दिउँसो बसेको बैठकले एसईई परीक्षा सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो । 

समितिको बैठक सकेर पार्टिको बैठकमा पुगेका संयोजक पोखरेललाई पार्टिले परीक्षा पनि स्थगित गर्न निर्देशन दिए पछि उनले मिडिया मार्फत् उक्त कुरा सार्वजनिक गरेका थिए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि उक्त कुरा मिडियाबाटै थाहा पाएका थिए ।बैठक सकिएको तीन घण्टामा के थप आपत् आईपर्ने देखियो वा देखिईसक्यो भन्ने बारेमा भने कसैले स्पष्ट पारेका छैनन् ।

यसै बीच त्रिभुवन विश्वविद्यालयले भने बिहीबारको परीक्षा यथावत राखेको भन्दै सूचना जारी गरेको छ । त्यसपछिका परीक्षाबारे बिहीबार नै सूचना प्रकाशन गर्ने विश्वविद्यालयले जनाएको छ ।

-एडुखबरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif