Wednesday, 19th August, 2026
वि.स.

एक जना शिक्षकको भरमा चेपाङ प्रा.वि.

Ek-Jana-Teacher-1488785041.gif

मकवानपुरको हाँडीखोला–७ स्थित चेपाङ प्रा.वि.को काठमाडौका केही संघ संस्थाले गरेको अध्ययन अवलोकनका क्रममा १ जना शिक्षकले मात्र विद्यालय चलाउन बाध्य भएको कुरा जानकारी प्राप्त भएको छ ।

कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्र.अ. राजेन्द्र न्यौपानेले बताए । विद्यालयमा आज सम्म १ जना शिक्षकको भरमा कक्षा संचालन गर्नुपरेको गुनासो समेत न्यौपानेको छ । पूर्वाधारको समस्या त छँदैछ, विद्यालयमा दरबन्दी माग्दा पनि आजसम्म नपाइएको र एक जनाकै भरमा विद्यालय संचालन गर्नुपरेको उहाँले बताए ।

विद्यालयको पूर्वाधार, गुणस्तरिय शिक्षा लगायतको विविध पक्षमा सहयोग पुराउने उदेश्यले अवलोकन गरिएको समाजसेवी कमलचन्द्र सुमनले बताए । अवलोकनमा काठमाडौं बौद्धका खास्टी नेवाः पुचः का अध्यक्ष दुर्गामान शाक्य, रोटरी क्लव अफ हिमालय पाटनका अध्यक्ष सनम शाक्य, सन अफ लाईट काठमाडौका अध्यक्ष शान्तरत्न शाक्य, लाईन्स क्लव अफ काठमाडौका प्रतिनिधि सुवासराज शाक्य, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष ज्योतिरत्न बज्रचार्य लगायतको टोलीले विद्यालयको अध्ययन अवलोकन गरेका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif