Wednesday, 19th August, 2026
वि.स.

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, मतदाता तान्न दाैडधुप

उद्योगी/व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि १३ मंसिर शनिबार मतदान हुँदै छ।  बिहान साढे ८ बाट सुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्ने छ।

महासंघको विधानअनुसार नयाँ अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: निर्वाचित हुँदै छन्। अबकाे वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहति चुनावी प्रतिस्पर्धामा छन्। चैतमै हुनपर्ने याे निर्वाचन कोरोना महामारीका कारण ढिला गरी अहिले गरिएकाे हाे। 

कोरोना जोखिमकै कारण मतदान पनि ३ स्थानमा राखिएका छन्। एकपटकमा २५ जनाभन्दा बढी लाइनमा बस्न नपाउने व्यवस्था गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।  उनले भनिन्, ‘जिल्ला/नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि क्याकेट माइतीघर र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदानकाे व्यवस्था गरिएको छ। चार जना मतदातालाई भने कोरोना पुष्टि भएकाले उनीहरुलाई कमलादीमा छुट्टै व्यवस्थासमेत गरिएको छ।’

निर्वाचनमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना भिड्दै छन्। महासंघको निर्वाचनमा ३ किसिमका मतदाता छन्- जिल्ला/नगर, एसोसिएट र वस्तुगत। सबैभन्दा धेरै ५० प्रतिशत मतभार जिल्ला/नगरको हुनेछ। त्यसैगरी एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगतबाट २० प्रतिशत मतभार रहनेछन्।

सबै मतदातालाई आफ्ना पक्षमा तान्न १२ मंसिर राति सबै उम्मेदवारले होटलमा ककटेल पार्टी गरेका थिए। चन्द्र ढकालले चन्द्रागिरिस्थित आफ्नै होटलमा केही मतदातालाई लगेका थिए भने किशोर प्रधानले एभरेस्ट होटलमा मतदाताका लागि भाेज आयोजना गरेका थिए।

त्यसैगरी वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले मेरिएट होलमा मतदाताका लागि कार्यक्रम आयोजना गरेका थिए। यस्तै अर्का वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले होटल एम्बेसेडरमा मतदाता तान्ने पार्टी आयोजना गरेका थिए।

त्यस्तै जिल्ला/नगरतर्फका उम्मेदवार गुणनीधि तिवारीले लाजिम्पाटको तरेली रेस्टुरेन्टमा मतदाताका लागि भाेज राखेका थिए।अर्का जिल्ला/नगरतर्फका उम्मेदवार दिनेश श्रेष्ठले भने किशोर प्रधानकै एभरेस्ट होटलमा संयुक्त कार्यक्रम गरेका थिए।  एसोसिएट उपाध्यक्षका उम्मेदवार रामचन्द्र सांघाईले भने शुक्रबार दिउँसै मेरिएट होटलमा भोटघाट कार्यक्रम गरेका थिए।

"राति सबै कार्यक्रम आयोजना स्थलमा पुग्दा सबैतिर जमघट देखिन्थ्योस्", स्रोतले भन्यो । मतदाता भने एक स्थानमा पुगेर फेरि अर्को भाेज स्थलमा गइरहेका देखिन्थे। उम्मेदवार मतदातालाई कन्भिन्स गराउने प्रयासमा थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif