Sunday, 16th August, 2026
वि.स.

उत्तरी क्षेत्रमा किवी खेती विषयक छलफल

unnamed-1477476067.jpg

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा किवी खेतीको विषयमा छलफल कार्यक्रम आयोजना गरेकोछ । ओभीओपी कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा भईरहेको किवी खेतीको विषयमा छलफल कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ कार्यक्रम अधिकृत गणेश शाक्यले किवी खेती तथा यसको व्यवसायिक प्रबद्र्धनका विषयमा प्रस्तुतिकरण गरेका थिए  । मउवासंघका कार्यालय सचिव विवेक मानन्धरले कार्यक्रममा मकवानपुरमा किवी खेतीको हाल सम्म भएका प्रयास, यसको प्रगति तथा चुनौतिका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला कृषि कार्यालयका प्रमुख निर्मल गदालले किवी खेतीका लागि आफ्नो कार्यालयले प्राविधिकहरुको समूहलाई परिचालित गरिने बताए । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वाईका नेपाल कार्यालयका प्रबद्र्धनकर्ता ताकेसी हाण्डा, सुसुमु निसि, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान, विभिन्न कृषिसंग सम्बन्धित संघका प्रतिनिधि, संघका, पदाधिकारी, कार्यसमितिका सदस्य, कृषकहरुको समेत सहभागिता रहेको थियो । एक गाउँ, एक उत्पादन अन्तर्गत मकवानपुरमा केही समयदेखि किवी खेती हुँदै   आएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०