Monday, 17th August, 2026
वि.स.

ईन्द्रसरोवर पूर्णखोप घोषणा

“झट्ट हेर्दा बाहिर रुपमा राम्रो देखिए पनि उक्त ब्यक्ति स्वस्थ नहुन सक्छ”, पुर्णखोप घोषणा कार्यक्रममा ईन्द्रसरोवर गाउपालिकाका अध्यक्ष जिवन लामाले बताए।  इन्द्रसरोवर गाउपालिकाको ४ र ५ नं वडा पुर्णखोप घोषणा भए पश्चात गाउपालिकालाई नै पुर्ण खोप घोषणा गर्दै उनले यस्तो बताएका हुन् ।
 गाउपालिका अध्यक्ष लामाको सभध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा लामा, कार्यकारी अधिकृत रोशन पुन लगायतको बिशेष आतिथ्यता रहेको थियो । अध्यक्ष लामाले पुर्ण खोप सम्बन्धि प्रतिबद्धता पत्र वाचन गरी हस्ताक्षर गर्दै पुर्ण खोप गाउपालिका घोषणा गरेका हुन् ।
मकवानपुर जिल्लामा ईन्द्रसरोवर गाउपालिका पूर्णखोप घोषणा गर्ने ८ औ गाउपालिका हाे । 

-मञ्जरी बलामी

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif