Wednesday, 19th August, 2026
वि.स.

इन्धनको मूल्य बढ्यो

 नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल ग्यासको मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । यस्तै डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको मूल्य पनि बढाइएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पर्ने प्रवक्ता गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय मूल्यको आधारमा इण्डियन आयल कर्पोरेशन(आईओसी)ले पठाएको मूल्यको आधारमा नेपाल आयल निगमले इन्धनको मूल्य बृद्धि गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif