Friday, 21st August, 2026
वि.स.

इन्द्रसरोवर हुँदै काठमाडौँ जोड्ने दुबै सडक सुचारु

काठमाडौं–हेटौँडा चल्ने छोटो दुरीको सडक अन्तरगत इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी– फाखेल हुँदै फर्पिङ जोडिने सडक खण्डमा रहेको पहिरो तथा अवरोधहरु हटाइएको छ । जसले गर्दा उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन गर्न सकिने भएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए । उनका अनुसार शुक्रबार राती पुन वर्षाद भएमा भने बाटो पुन अवरुद्ध हुन सक्ने छ । मकवानपुर तर्फको सिस्नेरी खण्ड र फाखेल खण्ड समेत सुचारु गराउने प्रयासमा ईन्द्रसरोबर गाउँपालिका र प्रहरीको टोली लागिरहेको छ । जसले गर्दा दक्षिणकाली–छैमले–सिस्नेरी सडक एकतर्फी सुचारु गरिएको छ । शुक्रबार अपरान्हदेखि पूर्वाधार विकास कार्यालय ललितपुरको व्यवस्थापनमा सिस्नेरीसम्म एकतर्फी गरिएको हो । 

तीन दिन लगाएर सिस्नेरीसम्म मोटरसाइकल र साना सवारी संचालन हुने गरी पहिरो पन्छाएको इन्जिनियर हरिप्रसाद ओझाले बताए । तर नियमित सवारी संचालनका लागि जोखिम भने कम नभएको उनको भनाई छ । कमजोर भु–बनावटको कारण बर्षाको समयमा जुनसुकै समय पहिरो खस्ने भएकाले अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउनु उपयुक्त हुने जनाईएको छ । जोखिम बढि रहेकाले सावधानी नअपनाउने हो भने क्षति हुन सक्नेतर्फ सचेत रहन प्राविधिकहरुको सुझाव छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif