Friday, 3rd July, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकाले सार्वजनिक गर्यो खाद्यान्न मौज्दात प्रतिवेदन

इन्द्रसरोवर गाउँपालिकाले गाउँपालिका भित्र रहेको खाद्यान्न सामाग्रीको मौज्दातको प्रतिबेदन निकालेको छ । गाउँपालिकाको वडा नं १ देखि ५ वटै वडामा चैत्र १९ गतेदेखि २१ गते सम्म बजार अनुगमन गरिएको थियो ।  

गाउँपालिका भित्रका ५ वटै वडाहरुका ३१ वटा मुख्य मुख्य स्टोर रहेको किराना पसलहरुमा गरेको अनुगमनबाट खाद्यान्नको मौज्दान बारे जानकारी लिइएको थियो । उक्त अनुुगमनबाट प्राप्त  मौज्दातको प्रतिवेदन आज प्रस्तुत गरिएको निरिक्षण तथा अनुगमन समितिका सचिब मिलन न्यौपानेले जानकारी दिनुुभयो ।

गाउँपालिकाको ५ वटै वडामा गरी जम्मा ३७ हजार ३ सय ५५ के.जी. चामल, २ हजार २ सय ४५ के.जी. दाल, २ हजार ९ सय ८० के.जी. चिउरा, २ हजार ३ सय १३ के.जी. चिनी, ३ हजार ५ सय ८४ लिटर तेल, १ हजार ३ सय ७२ के.जी. मैदा, ५ हजार ३ सय ९७ के.जी. नुन, ३ हजार ८ सय ८५ के.जी. आलु, २५ के.जी. बेसार र ५५ के.जी. मसला मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।